वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व चतुर्थी - ४
मिशन नेपालको संविधान २०७२ को भाग ४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत धारा ५० को उपधारा ३ मा "सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धीहरुको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र र उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुने" उल्लेख भएको बमोजिम राज्यको निर्देशक सिद्धान्तको परीपुर्ति गर्न राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा सहकारी क्षेत्रलाई विकास गर्नु यस कार्यालयको ध्येय रहेको छ।
लक्ष्य (Goal) सहकारी संघसंस्थाको अनुगमन तथा नियमन, प्रबर्द्धन, सुशासनमा अभिवृद्धी, सहकारीका अन्तराष्ट्रिय सिद्धान्तको परिपालना, सदस्य केन्द्रित सेवा प्रवाह जस्ता सहकारीका आधारभूत सिद्धान्तको अनुसरण गराउनु तथा सहकारी संस्थाहरुको विस्तारका लागि थप सहकारी संस्थाहरुको दर्ता, एकिकरण र आवश्यकतानुसार विभाजन तथा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरुका लागि सहकारी सम्बन्धी विभिन्न प्रशिक्षण कार्यक्रमहरु संचालन गर्ने लक्ष्यका साथ कार्यालय स्थापना भएको ।