शाखागत कार्यविवरण

१. प्रशासन तथा सहकारी प्रवर्द्धन शाखा

  • आन्तरिक प्रशासन, कर्मचारी प्रशासन सँग सम्वन्धित कार्य गर्ने ।
  • सहकारी प्रवर्द्धन गर्ने नीति कार्यक्रमहरुको तर्जुमा र कार्यान्वयन गर्ने ।
  • सहकारी सम्बन्धी आएका उजुरी गुनासोको उचित छानविन गरी आवश्यक कारवाही गर्ने ।
  • सहकारी सम्वन्धी प्रचलित ऐ,नियामावली, निर्देशिकाको कार्यान्वयन गर्नेl
  • कार्यालयको दैनिक प्रशासनिक कार्यहरु।
  • सहकारी संस्थाको दर्ता, विनियममा संशोधन स्वीकृति सम्वन्धी कार्य गर्ने ।
  • प्रदेश सरकारको तर्फवाट सहकारी संघ संस्थालाई प्रदान गरिएको छुट, सुविधा र सहुलियत प्राप्तिका लागि सम्वन्धित निकायतमा सिफारिसका लागि लेखि पठाउने ।
  • सहकारी सिद्धान्त, मूल्य, मान्यता एवं कानुनी व्यवस्थाको पालनाका लागि निर्देशन गर्ने ।
  • समस्याग्रत सहकारी सहकारी संस्थाको वित्तीय विश्लेषण गर्ने गराउने ।
  • सहकारी संस्थाको एकीकरण, विभाजन, स्थानीयकरणलगायत पुनर्गठनका कार्यहरू गर्ने ।
  • सहकारी संस्थाको विघटन र लिक्विडेटरको नियुक्ति सम्वन्धि कार्य गर्ने ।
  • सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ जस्ता अन्य सम्बन्धित कानुनका प्रावधानहरूको पालनाको सुनिश्चित गर्ने
  • सहकारी संस्थाहरुको प्रवर्द्धन र सुधारका लागि अन्तर निकाय समन्वय गर्ने ।
  • सहकारी संघ संस्था सन्चालन सम्बन्धी मापदण्ड तथा कार्यबिधि तथा निर्देशिकाहरू तर्जुमा गर्ने
  • सहकारी क्षेत्रमा कार्यरत सरकारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी निकायहरु तथा सहकारी संघसंस्थाहरुसगको सहयोग र समन्वय गर्ने ।
  • सहकारी शिक्षा, सूचना, तालिम तथा प्रशिक्षण, अध्ययन र अनुसन्धान सम्वन्धी कार्य गर्ने
  • सहकारी व्यवसाय सम्बन्धी प्रादेशिक तथ्यांक व्यवस्थापन गर्ने
  • रजिष्ट्रारले तोकेको अन्य कार्य गर्ने ।

२. आर्थिक प्रशासन शाखा

  • विनियोजन, धरौटी राजश्वको लेखा अद्यावधिक गर्ने र सम्बन्धित कागजात सुरक्षित राख्ने
  • मन्त्रालयको स्वीकृत बजेट निकासा प्राप्त गर्ने
  • लेखापरीक्षण गराउने, पेश्की र बेरुजुको लगत राख्ने, सम्परीक्षण गराउने एवं फछ्र्यौट गर्ने र अद्यावधिक गराउने सम्बन्धी कार्य,
  • मातहतका निकायलाई अख्तियारी र निकासा दिने,
  • आवश्यक प्रतिवेदन फाराम तयार गराई सम्बन्धित निकायमा पठाउने,
  • प्रचलित आर्थिक कानूनद्धारा निर्दिष्ट कार्य गर्ने ,
  • मन्त्रालयको वार्षिक वजेट तथा कार्यक्रम तर्जुमा सम्वन्धी कार्यमा योजना तथा अनुगमन शाखासंग समन्वय र अन्य शाखासंग समन्वय गरी आवश्यक कार्य गर्ने,
  • रजिष्ट्रारको कार्यालयको वार्षिक बजेट तर्जुमा,निकासा एवं खर्चको प्रबन्ध सम्बन्धी कार्य गर्ने,

३.अनुगमन तथ्याङ्क तथा वित्तिय विश्लेशण शाखा

  • बार्षिक कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी कार्य गर्ने ।
  • कार्यक्रमहरुको संभाब्यता प्रक्षेपण अध्ययन, विश्लेषण र समन्वय गर्ने ।
  • कार्यक्रम संचालन तहदेखि नीतिगत तहसम्म समीक्षा अनुगमन एवं मूल्यांकन ।
  • नियमित रुपमा (मासिक, द्वैमासिक, चौमासिक र बार्षिक) कार्य प्रगति स्थितिको समीक्षा र पृष्ठपोषण गर्ने ।
  • नीति कार्यान्वयनको अनुगमन तथा विश्लेषण।
  • तथ्यांक संकलन विश्लेषण एवं सूचना प्रवाह सम्वन्धी कार्य गर्ने ।
  • सहकारी संस्थाहरुको नियमित जाँच, निरीक्षण तथा अनुगमन गर्ने ।
  • सहकारी संस्थाहरुको वित्तीय विश्लेषण गरी प्रतिवेदन दिने ।