प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, मधेश प्रदेश, जनकपुधामबाट सम्पादन हुने कार्यहरुः

  • प्रदेश सरकारको क्षेत्राधिकार भित्र सहकारी संघ संस्थाको दर्ता गर्ने,
  • सहकारी संघ संस्थाको विनियममा संशोधन स्वीकृति दिने,
  • सहकारी संघ संस्थाको नियमित अनुगमन र सघन अनुगमन एवं अनुसरण,
  • आफ्नो नियमन क्षेत्राधिकारभित्रका सहकारी संघ संस्थाहरु सम्वन्धी गुनासो सुनुवाई गर्ने,
  • सहकारी संघसंस्थाको एकीकरण वा विभाजन प्रस्तावको स्वीकृति,
  • सहकारी संघसंस्थाको विघटन र लिक्विडेटरको नियुक्ति,
  • प्रदेश सहकारी ऐन, नियम, मापदण्ड, कार्यविधि तथा सहकारी सम्वन्धी प्रचलित कानून वमोजिम तोकिएका अन्य कार्यहरु गर्ने,
  • प्रदेश सहकारी ऐन, नियम, तथा प्रचलित कानूनको कार्यान्वयन गर्न आवश्यक मापदण्ड, कार्यविधि तथा निर्देशिकाको मस्यौदा तयार गर्ने,
  • सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ जस्ता अन्य सम्बन्धित कानूनका प्रावधानहरूको पालना गर्ने, गराउने,
  • आफ्नो नियमन क्षेत्राधिकारभित्रका सहकारी संघ संस्थाहरुको तथ्याँक व्यवस्थापन गर्ने,
  • प्रदेश तथा स्थानीय तहको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारी संस्थाहरुलाई क्षमता विकासका लागि प्रशिक्षण दिने,
  • सहकारी विभाग तथा स्थानीय तहसँग सहकारी व्यवस्थापन लगायत नीति निर्माण समेतमा समन्वय गर्ने,
  • सहकारी दर्ता र नियमन सम्वन्धमा एकरुपता कायम गर्न स्थानीय तहका सहकारी शाखा हेर्ने कर्मचारीहरुका लागि तालिम संचालन तथा अन्य विषयहरुमा आवश्यक सहजीकरण गर्ने । आदि ।